काठमाडाैँ। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ ह्जार ६०० रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ ह्जार १०० रुपैयाँ कायम भएको छ। तर, यता चाँदीको मूल्यमा भने शुक्रबार सामान्य गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदी एक हजार ३३० रुपैयाँ कायम भएको छ।



लोकपाटी न्यूज
