ओलीसँग आत्मसमर्पण होइन, विद्रोह गर्छौं : झाँक्री

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता रामकुमारी झाँक्रीले ठोस प्रस्तावविनाको संवादको अर्थ नरहेको बताएकी छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको वेला झाँक्रीले यस्तो बताएकी हुन्।

उनले लिखित सहमतिबिना अलमलमा नपर्न आफ्नो नेतृत्वलाई सुझाव दिएकी छन्। प्रभुको इशारामा यो सबै हुन लागेको आरोप लगाउँदै झाँक्रीले संविधान रक्षाका लागि एकमात्र विकल्प विद्रोह भएकोसमेत बताएकी छन्।

‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ,’ उनले भनेकी छिन्, ‘जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौं।’

ओलीले पार्टी एकता कायमै राख्नका लागि बिहान स्थायी कमिटीमार्फत नेपालसहित चार जना नेतालाई गरिएको ६ महिने निलम्बन फुकुवा गरेका थिए।