सुर्खेत। कर्णाली मन्त्रिपरिषद्मा दुई जना मन्त्री थपिने भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।
मन्त्रीहरुको बुधबार नै सपथ हुने बताइएको छ। विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले आज राजीनामा दिएकी छन् ।



लोकपाटी न्यूज

