काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल पक्षका स्थायी समिति सदस्यहरूको बैठक बस्दैछ। स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले आज बैठक बस्न लागेको जानकारी दिइन्। उनका अनुसार भर्चुअल रूपमा बैठक बस्ने तयारी भएको छ।
तर समय भने तय भई नसकेको उनले बताइन्। सोमबार संसद्मा भएको मतदानमा अनुपस्थित भएको खनाल-नेपाल समूह भावी रणनीति तय गर्न छलफल गर्न लागेको हो। उक्त समूहका २८ सांसद प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन डाकेको बैठकमा अनुपस्थित भएका थिए।
ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेसम्म बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन्। ‘समस्याको निकास त दिनैपर्छ। आज बैठक बसेर छलफल गर्छौ,’ शाक्यले भनिन्।



लोकपाटी न्यूज

