काठमाडौं। नेपालमा कोरोना संक्रमितको कूल संख्या ४ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ लाख नाघेको हो।
हाल नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ। यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन्।



लोकपाटी न्यूज

