संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठककाे सिफारिस

लोकपाटी न्यूज

काठमाडाैँ। सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अस्वीकृत भएको थियो। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट विश्वासको मत लिनका लागि बैठक आह्वान भएको थियो।

मन्त्रिपरिषद  बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। आजकाे प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गते अर्को बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्