काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल पक्षका ८ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्। नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय गरेको भए पनि उनीहरू मतदानका लागि उपस्थित भएका हुन्।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्षले अनुपस्थित हुने निर्णय गरेको थियो। तर ८ सांसदले ओलीलाई विश्वासको मत दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका हुन्।
संसद्मा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन्। आठ मध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन्। सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन्।



लोकपाटी न्यूज

