प्रधानमन्त्री ओलीलाई विश्वासको मत माग्ने अधिकार छैन : उपेन्द्र यादव

लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीसँग विश्वासको मत माग्ने अधिकार नभएको बताएका छन्। यादव आफैंले विघटन गरेको र जतिसक्यो चाँडो विघटन गर्नुपर्छ भन्ने प्रधानमन्त्रीले विश्वासको मत माग्ने अधिकारी नभएको बताएका हुन्।

’आज प्रधानमन्त्रीले यो सदनसमक्ष विश्वासको मत माग्नुभएको छ। जुन सदनलई असंवैधानिक ढंगले विघटन गर्नुभयो। त्यसका विरुद्ध जनताहरू सडकमा आए’, यादवले भने, ’सर्वोच्चले पुनःस्थापना ग¥यो। त्यसपछि पनि एउटा बैठकमा उहाँले यो सदनको काम छैन जतिसक्दो चाँडो विघटन गर्नुपर्छ भन्नुभएको छ। त्यही सदनमा विश्वासको मत माग्नुभएको छ। कसरी विश्वासको मत दिने?’

सोमबार प्रतिनिधि सभाको बैठका बोल्दै उनले सरकारको ध्यान कोरोना नियन्त्रणमा नभइ अयोध्यापुरीमा रहेको टिप्पणी गरे। उनले प्रश्न गरे– अयोध्याले कोरोना निको हुन्छ ? प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि छलफल जारी छ।