प्रधानमन्त्री ज्यू कोही पनि रोजगारीका लागि विदेश जानुपर्दैन भन्ने युक्ति कहाँ गए ? : देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीले पुरानो बाचा भुलेको बरु भ्रष्टाचार मौलाएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले यस्तो आरोप लगाएका हुन्।

देउवाले संसदमा ओलीलाई विगतमा आफूले गरेका बाचा र एजेण्डा सम्झाएका छन्।  उनले ओली सरकारबाट आम जनताले सरकारको अनुभूति गर्न नसकेको बताए।

देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटकपटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’

उनले ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न पनि गरे। यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको उनले दावी गरे।