नागरिक लगानी कोषमा जाने सरकारी कर्मचारीको रकम अब अनलाइन ट्रान्सफरकाे व्यवस्था

लोकपाटी न्यूज

काठमाडौं। आजबाट सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ। महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनसार यसअघि परम्परागत रुपमा रकम कट्टी गरि कोषमा पठाउने गरिएको थियो। तर, सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन शुरु गरिएको हो।

‘अब पारिश्रमिक बैंक खातामा आएकै समयमा कोषमा कट्टी हुने रकम समेत जान्छ,’ यसबाट मानवीय कमजोरका कारण हुने ढिलासुस्ती कम हुनेछ।’ अब कुनै कर्मचारीको पारश्रमिक भुक्तानी हुनासाथ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा कट्टी हुने रकम समेत एकै पटक जाने छ। व्यक्तिगत विवरण अपडेट गरेपछि त्यसबारे एलर्ट समेत मोवाइलमा प्राप्त हुनेछ। महालेखा नियन्त्रक कार्यालयले संचयकोषको रकम भने गत पुसबाटै अनलाइनमाध्यमबाट पठाउन शुरु गरेको हो।

अब नागरिक लगानी कोषको कर्मचारी वचत वृद्धि, अवकोश कोष/राष्ट्रसेवक कर्मचारी सावधिक जीवन बीमा कोष कार्यक्रमका लागि रकम अनलाइन फाँटवारी पठाउन मिल्ने व्यवस्था गरिएको हो। महालेखा नियन्त्रक मरासिनीका अनुसार पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रुपमा परिचयपत्र नम्बर भेरिफाइ हुने छ । यसले विगतमा जस्तो विवरण नमिल्दा कोषमा रकम कट्टा नहुने, झमेला मिलाउन दूरदराजका कर्मचारी धाइरहनु पर्ने बाध्यता समेत हट्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्