घनश्याम-योगेशले मार्क्सवाद हेरेनन्, मासिक एक लाख भत्ता हेरे : खगेन्द्र संग्रौला

khagendra sangraula
लोकपाटी न्यूज

काठमाडौं। लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले एमाले नेता घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले मार्क्सवाद नहेरेर मासिक एक लाख भत्ता हेरेको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् संग्रौलाले मुखले मार्क्सवाद, त्याग, समाजवाद जे भने पनि भुसाल, भट्टराई र विष्टले एक लाख भत्ता हेरेको आरोप लगाएका हुन्। संग्रौलाले ओलीतन्त्र रहे रहोस् भन्दै उनीहरुले मासिक लाख रुपियाँ नछाड्ने अडान लिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्,‘मुखले मार्क्सवाद, त्याग, समाजवाद जे भने पनि यो मूल्यको होइन, द्रव्यको राजनीति हो। राजीनामा दिँदा तलब–भत्ता गरी मासिक घटीमा एक लाखको थैलो गुम्ने भो। त्यसैले घनश्याम, गोकर्ण, योगेशादि “क्रान्तिकारी“ कमरेडले बरू ओलीतन्त्र रहे रहोस्, मासिक लाख रूप्प्याँ मरिगए नछाड्ने अडान लिएछन्।’

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले राजीनामा दिने तयारी गरेको थियो। तर, सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णयमा नेपाल पक्ष पुगेको हो।  सोही कुरालाई लक्षित गर्दै संग्रौलाले यस्तो लेखेका हुन्।

 

khagendra