कांग्रेस र माओवादीका सांसदलाई फ्लाेर क्रस गर्न ओलीको आग्रह

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलेले नेपाली कांग्रेस र माओवादीका सांसदलाई फ्लोर क्रस गर्न आग्रह गरेका छन्।  सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव राख्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।

यस्तै, प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको दोस्रो लहरबाट मुलुक आक्रान्त भइरहेको बताए। उनले कोरोनाका कारण हजारौं मानिस अस्पतालमा, हजारौं मानिस घरमै स्वास्थ्य लाभ गरिरहेको बताए।

ओलीले कोभिड–१९ को रोकथाम र त्यसको उपचारमा सरकारको ध्यान केन्द्रित भएको दावी गरे। उनले यतिबेला कोभिडविरुद्धको लडाईलाई पक्ष वा विपक्षको रुपमा नभई यसलाई परास्त गर्नु सबैको साझा दायित्व हुनुपर्ने बताए।