केपी ओली नेपालका सबैभन्दा असफल प्रधानमन्त्री हुन् : डा. बाबुराम भट्टराई

Baburam-Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाइ गर्नुपर्ने बताएका छन्। भट्टराईले सोमबार बिहान ट्विट गर्दै सोमबार संसद्मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने बताएका हुन्।

भट्टराईल विभिन्न चार कारण औंल्याउँदै ओलीलाई विश्वासको मत दिन नहुने उल्लेख गरेका छन्। ओली सरकार कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको उनले आरोप लगाएका छन्।

त्यस्तै ओलीले संविधानविपरीत संसद् विघटन गरेर र दुई तिहाइनजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप÷औषधि खरिदमा समेत भ्रष्टाचार गरेको भट्टराईले उल्लेख गरेका छन्।

उनले ट्विट गरेका छन्, ‘ओलीलाई आजै बिदाइ गर्नुपर्ने प्रमुख कारणः १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको २.संविधानविपरीत संसद् विघटन गरेर र २/३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको; ३. संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको; ४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको।’

 

B