नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुको छुट्टै छलफल

Bhushal_bhattarai_Pandya_Bista
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु अलग्गै छलफलमा जुटेका छन्। बिहान सिंहदबारमा बसेको सांसदहरुको छलफलबाट संसद बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरु फेरि अलग्गै छलफलमा जुटेका हुन्।

सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेता अहिले अलग्गै छलफल गरिरहेका छन्। यता खनाल-नेपाल पक्षले आज हुन लागेको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको सट्टा अनुपस्थित हुने निर्णय गरेका हुन्।

नेता भीम रावलले प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको जानकारी दिए। उनले प्रधानमन्त्रीमा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर तुल्याउनु भएको बताए। नेपाल समूहको उक्त बैठक सकिएपछि दोस्रो पुस्ताका नेताहरु अलग्गै छलफलमा जुटेका हुन्।