काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटारस्थित उनको निवासमा पुगेका छन्।
बुढानीलकण्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा छलफल गरेर ठाकुर र महतो बालुवाटार पुगेका हुन्।
देउवासँगको भेटमा नेताद्वयले भावी सत्ता समीकरणमा आफूहरू कतै नलाग्ने सन्देश दिएको स्रोतले जनाएको छ।आफूहरू तटस्थ रहँदा वैकल्पिक सरकारको सम्भावना पनि नरहने भन्दै ठाकुर र महतोले चुनावको माहोल बनाउनुपर्ने बताएका थिए।



लोकपाटी न्यूज

