काठमाडाैँ। पार्टीभित्र देखिएको विवाद समाधान गरी विभाजन हुनबाट जोगाउन अहिले एमालेमा दोस्रो तहका नेताहरु सक्रिय रहेका छन्। शुक्रबार बालुवाटारमा लामो समय छलफल गरेका नेताहरु आज पनि छलफलमा जुट्ने भएका छन्। हिजोको वार्ता सकारात्मक रहेकाले आज पनि वार्ता र छलफल जारी राख्ने नेताहरुले बताएका छन्।
विवाद मिलाएर अगाडी बढ्नेमा नेताहरु सकारात्मक रहेपनि विवाद समाधानको विन्दु भने नभेटिएको छलफलमा सहभागी एक नेताले बताए। तर शुक्रबारको छलफल उठेका विषयहरुलाई आफ्नो पक्षका शीर्ष नेताहरुलाई ब्रिफिङ गर्ने र सोही अनुसार शनिबारको बैठकमा छलफल जारी राख्ने तयारी नेताहरुको छ।
यस्तै नेताहरूले ओली र नेपालबीच पनि वार्ता गराउनका लागि पहल गरिरहेका छन्।



लोकपाटी न्यूज

