अध्यादेश होइन, औषधी ल्याइयोस् : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना महामारीले निम्त्याएको विषम् परिस्थितिमा सरकार जनताप्रतिको मुख्य दायित्वबाट पन्छिन नमिल्ले बताएका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले सरकारले कोरोना महामारीका बेला जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएको उल्लेख गरेका छन्।

नेता नेपालले लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो। मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन। अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिन लागेका छन्। अहिलेकै अवस्थामा विश्वासको मत पाउने सम्भावना छैन। यस्तो अवस्थामा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक डाकेका छन्। सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी सहित सातवटा अध्यादेश जारी गरेको पाँचौं दिन आइतबारका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक डाकेका हुन्।

pic 3