काठमाडौं। नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ। शनिबार दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।
बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सन्दर्भमा आफ्नो रणनीति बनाउन बैठक बस्न लागेको खाँणले बताए।२७ गते विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ। प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा असफल पार्ने काँग्रेसको निर्णय छ।
मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो। खाँणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिने छ। बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ ।



लोकपाटी न्यूज

