पोखरेल नक्कली मुख्यमन्त्री हुन्, किर्ते हस्ताक्षरविरुद्ध अदालत जान्छौं : पूर्वमन्त्री बराल

Sudarsan-baral pic
लोकपाटी न्यूज

बुटवल। लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सुदर्शन बरालले शंकर पोखरेल नक्कली मुख्यमन्त्री भएको दावी गरेका छन्। पोखरेलले किर्ते हस्ताक्षर गरेर प्रदेश प्रमुखबाट मुख्यमन्त्री पदमा पुनः नियुक्ति लिएको उनले आरोप लगाए।

८१ जना सांसद रहेको प्रदेश सभामा पोखरेलको पक्षमा जम्मा ३७ जना सांसद रहेपनि पोखरेलले किर्ते गरेर मुख्यमन्त्रीमा नियुक्ति लिएको उनले आरोप लगाए। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पूर्वमन्त्री बरालले प्रदेश प्रमुख जस्तो व्यक्तिले संविधान र विधी पद्धतिको धज्जी उडाउँदै रातारात सपथ लिनु दुःखद भएको बताए।

बरालले आफूहरुको गठबन्धनले प्रदेश प्रमुख यादवलाई महाअभियोग लगाएर बर्खास्त गरिनुपर्ने माग गरेको बताए। बरालले किर्ते गरि बनेको अल्पमतको सरकारलाई स्वीकार नगर्ने बताए। उनले किर्ते हस्ताक्षरविरुद्ध अदालत जाने बताए।