लुम्बिनीका तीन मन्त्रीले लिए शपथ

sapath_lumbini pic
लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेश सरकारमा थप तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

थप ३ जना मन्त्री नियुक्त गरिएसँगै शंकर पोखरेल नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय बनेको छ। शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन्।

पोखरेलले यसअघि नै बैजनाथ चौधरी (थारु)लाई आर्थिक मामिला तथा योजनामन्त्री, हरिप्रसाद रिजाललाई ग्रामीण तथा सहरी विकास, सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास, विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरणमन्त्री तथा सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरेका थिए।