काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी बुधबार संसद् सचिवालयलाई गराएको छ। संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गरिएको माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
माओवादीले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकार अल्पमतमा परेको छ। ओलीले यही यही वैशाख २७ गते विश्वासको मत लिँदै छन्।





लोकपाटी न्यूज

