काठमाडौं। प्रेस काउन्सिल नेपालले कोरोना संक्रमित र मृतकको पहिचान झल्किने तस्वीर र भिडियो सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको छ।
कोरोना संक्रमित र मृतकको पहिचान खुल्ने गरी तस्वीरहरुले आफन्त तथा परिवारजनमा नकारात्म असर पर्ने भन्दै काउन्सिलले त्यस्तो आग्रह गरेको हो।
“यस सम्बेदनशील अवास्थामा आम सञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामाग्रीमा सजगता अपनाउन जरुरी हुन्छ। कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर, वैयक्तिक विवरण एवम् मृतकको सामाजिक दाहासंस्कारका तस्वीरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ।” जारी विज्ञप्तिमा भनिएको छ।




लोकपाटी न्यूज

