काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बैठक बस्ने भएको छ। बैठकमा नयाँ सरकार गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछिको अवस्थाका विषयमा पनि बैठकमा छलफल हुनेछ। नेपाली कांग्रेसले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको नेतृत्व नलिने बताउदै आएको छ। माओवादी केन्द्रले भने जसपा र नेपाली कांग्रेसले स्पष्ट वचन नदिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिएको जनाउँदै आएको छ।



लोकपाटी न्यूज

