काठमाडौं। संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन बोलाउनु पर्नेमा प्रधानमन्त्रीको अधिवेशन बोलाएको बताएका छन्।
डा. आचार्यले संसदीय व्यवस्थामा अधिवेशन संसद्को हुने बताउँदै राष्टपतिले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि मात्रै प्रतिनिधिसभाको बैठक बोलाएकोमा असन्तुष्टि पोखेका छन्।
सामाजिक सञ्जालमार्फत् डा. आचार्यले मुलुकको सबै जुनी प्रयोगमा बित्ने भए भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। उनले लेखेका छन्, “संसदीय व्यवस्थामा अधिवेशन संसद्को हुन्छ। यसपटक हामी कहाँ राष्ट्रपतिले “प्रधानमन्त्रीको अधिवेशन ” आब्हान गरिदिइन्। कर्णाली प्रयोग, गण्डकी प्रयोग, लुम्बिनी प्रयोग अब वैशाख २७ को प्रयोग। यस्तै यस्तै प्रयोगमा मुलुकका सबै जुनी बित्ने भए। धन्य मेरो देश!”




लोकपाटी न्यूज

