काठमाडाैँ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्। उनले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको उल्लेख छ।
आइतबारै बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने भन्दै राष्ट्रपतिकहाँ अधिवेशन आह्वानका लागि सिफारिस गरेका थिए। २७ गतेका लागि बोलाइएको बैठक बजेट अधिवेशन नभएर विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बोलाइएको हो । बजेट अधिवेशन पुनः बोलाइने एक मन्त्रीले बताए।




लोकपाटी न्यूज

