स्थायी समिति बैठक सकेर शीतलनिवास पुगे प्रधानमन्त्री ओली

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। उनी अहिले भर्खरै शीतलनिवास प्रवेश गरेका हुन्।

त्यसअघि उनले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए। बैठकले के निर्णय गर्‍यो भन्नेबारेमा कुनै सदस्यले केही बताएका छैनन्। यद्यपि बालुवाटारमा लुम्बिनी प्रदेशमा विकसित घटनाक्रमबारे छलफल भएको एमाले स्रोतको भनाई छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएसँगै उनले नयाँ सरकार बनाउन पहल गरिरहेका बेला विमला ओली माओवादीतिर लागेपछि उनी शंकटमा परेका छन्।

केन्द्र र प्रदेशको राजनीति तातिएको बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्।

स्थायी किमटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन्।