झलनाथ खनाल अक्सिजनको सामान्य सपोर्टमा

लोकपाटी न्यूज

काठमाडौं। कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ।

उनी शनिबार साँझ नर्भिक अस्पताल भर्ना भएका थिए। कोरोना संक्रमण भई उनी शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्