काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ। खनाललाई हाल नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ।
यस्तै नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण देखिएको छ। उनलाई पनि सोही अस्पतालमा मनमोहनमै भर्ना गरिएको जनाइएको छ। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। भने १९ जनाले ज्यान गुमाएका छन्। यससँगै कूल संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ।



लोकपाटी न्यूज

