बारम्बार सांसद अपहरण किन गर्छ ओली समूह ?

लोकपाटी न्यूज

काठमाडाूँ। आफ्नो कुर्सी जोगाउनका निम्ति उनी जे पनि गर्न सक्छन्, जस्तोसुकै षड्यन्त्र गर्न सक्छन् भन्ने उदाहरण एक वर्षमा भएका दुई सांसद अपहरण काण्डले सावित गरेको छ। गत वर्ष साविकको नेकपामा विवाद देखिँदा ओलीकै निर्देशनमा महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए। त्यसबेला उपेन्द्रको पार्टीमा रहेका यादवलाई मन्त्री बनाउने आश्वासन दिएर एमाले भित्र्याउने खेल रचिएको थियो।

नागपोखरीस्थित होटल मेरियटबाट सांसद यादव भाग्न सफल भएपछि यो घटनाको रहस्य खुलेको थियो। अर्काको पार्टी विभाजन गर्ने र सांसद चोर्ने एमालेको रणनीति त्यसबेलै असफल बनेको थियो। त्यसपछि लगत्तै संघीय समाजवादी र राजपा एकीकृत भएर जनता समाजवादी पार्टी गठन भएको थियो। एक वर्षको सोही घटनाको पुनरावृत्त अहिले गण्डकी प्रदेशमा देखिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता जोगाउन फेरि एकपटक एमालेकै निर्देशनमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अपहरणशैलीमा चरक हस्पिटल लगेर आइसियुमा भर्ना गरियो। चरक हस्पिटल एमाले निकट कपिल ज्ञवालीले सञ्चालन गरेका हुन्। यो घटनामा पनि एमाले सांसद महेश बस्नेतको संलग्नता देखिएको जनमोर्चाका नेता कार्यकर्ता बताउँछन्।

महेश बस्नेत चरक हस्पिटल पुग्नु र जनमोर्चाका सांसद शाहीलाई त्यहीँ भर्ना गरेर कसैलाई भेट्न नदिनुले उनको पनि अपहरण गरिएको हुन सक्ने विश्लेषण गरिएको छ। यद्यपि शाहीले आफू बिरामी भएर भाइको सहायताले हस्पिटल भर्ना भएको सफाइ दिएका छन्। एक दिनअघिसम्म आइसियुमा रहेका शाही भोलिपल्टै ह्विलचियरमा देखिएकाले यो सबै घटना नाटक भएको र दक्षिण भारतीय फिल्मलाई माथ खुवाउने खालको भएको देखिएको छ।