कोरोना नियन्त्रणबारे जर्नादन शर्माका ६ सुझाव

Janardan-Sharma
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना संक्रमित बिरामीको उपचारमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। नेता शर्माले कोरोना संक्रमित बिरामीको उपचारको लागि आइसियु, अक्सिजन डाक्टरको समेत अभाव भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारको ध्यानाकर्षण गर्राका हुन्।

डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको भएपनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक रहेको उनले उल्लेख गरेकका छन्।
नेता शर्माले यी ६ कामहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

१) देश भरका सरकारी तथा नीजि सबै अस्पतालसंग भएको उपचार क्षमताको आकलन गर्ने। अस्पतालका सञ्चालक तथा डाक्टरहरुसंग सहकार्य गरी ७०% कोभिड उपचारको लागि छुट्याउने।

२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्ने।

३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि (Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने। सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने।

४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरी कर्णाली, सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।

५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।

६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टरलगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १००% जोखिम भत्ता उपलब्ध गराउने।

Capture