छेपारो हैरान छ आजकल, मानिसको रङ देखेर
घाऊ लुकाउनु नै बेस, जो कोही हिँड्छन नुन बोकेर ।
स्वाभिमान गुमाएर बाँच्छ मान्छे, छि के जिन्दगी
नाफा कमाउनमै मग्न छन् यहाँ, आफैंलाई बेचेर।
सोच्छ आफूलाई चाणक्य, बोक्छ बगलिमा छुरा
काखमै राखी रेट्छ गला, सोध्छ फेरी दुख्यो भनेर ।
कुमालेको चक्र, नबुझिने दुनियाँका यी गणितहरु
मान्छे भने रहिरहन्छन् सधैं, प्यार बनेर याद बनेर ।
स्वार्थ र चाकडीको पराकास्टा, भन्छ म त आगो हुँ,
छक्क पर्छ ‘सुदन’, अन्तमा आगोले नै पोलेको देखेर ।



लोकपाटी न्यूज

