बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

लोकपाटी न्यूज

काठमाडाैँ।  बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू सुरेश नेपाल, केशवराज पाण्डे, सरस्वती बस्नेत, रामकुमार अधिकारीले सपथ लिएका हुन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उनीहरूलाई पद र गोपनीयताको सपथ खुवाएका हुन्।

मुख्यमन्त्री पौडेलले सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्