प्रधानमन्त्री सहित ५० भन्दा बढी एमाले नेता कन्ट्याक्ट ट्रेसिङमा

Pm_Kp_Oli_office
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ)मा परेका छन्। मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

मंगलबार बिहान ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको थियो भने नेता रिजालले साँझ आफूलाई संक्रमण भएको जानकारी दिएका थिए। रायमाझी र रिजाल आइतबार बालुवाटारमा भएको नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए। बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए।

बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर खिचाएका थिए। तस्वीर आएपछि रिजालसहित अन्य नेताहरूको आलोचना भएको थियो। प्रेस सल्लाहकार भएकाले थापा प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा रहनु स्वभाविक भएकाले प्रधानमन्त्री कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गर्दा समेत प्रधानमन्त्री ओलीले भीड जम्मा गरिरहेका थिए। सूचना पछि पनि प्रधानमन्त्री निवासमा १ सयभन्दा बढी मानिस जम्मा भएर बैठक भइरहेको थियो भने सैयौं मानिस जम्मा पारेर धरहराको उद्घाटन गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्