काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरि डाकिएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताए।
सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा नेपाली कांग्रेस रहेको भनिएका बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकले अन्य दलसँग गरेको सत्तासमीकरण तथा सरकारलाई दिएको समर्थनबारे पनि निर्णय गर्न सक्ने बताइएको छ।
पछिल्लो समय सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिरहेको माओवादीले अविश्वास प्रस्तावका लागि कांग्रेस र जसपाको साथ खोजिरहेको छ।



लोकपाटी न्यूज

