उपत्यकामा वैशाख १६ देखि एक हप्ता अत्यावश्यकबाहेकका सेवा बन्द (आदेशसहित)

लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि वैशाख २२ गते अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझसंयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा भनिएको छ, “सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने । विवाह ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने।”

आदेश उल्लंघन गरेमा प्रचलित कानून अनुसार रकारबाही हुने जिल्ला प्रशासनद्वारा जारी आदेशमा भनिएको छ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्