बाँके। साेमवार (भोलि) देखि बाँके जिल्लाभर लकडाउन हुने भएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख नाै गतेदेखि लकडाउन लागू भएकोमा साेमवारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति १२ बजेदेखि आउँदाे २० गतेसम्म लकडाउन गर्न लागिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको निर्णय पालना गर्न आग्रह गरेका छन्।



लोकपाटी न्यूज