ओलीलाई कमल थापाको सुझाव : कोरोना नियन्त्रणका लागि ध्यान दिनुहोस्

kamal thapa
लोकपाटी न्यूज

काठमाडौं। राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाव दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् थापाले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्। केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाव दिए।

थापाले ट्विटरमा लेखेका छन्, ‘केही समय उदघाटन, शिलान्यास र पार्टी विवादलाई थककाति राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रम @kpsharmaoliलाई आग्रह गर्दछु। कोरोना अनियन्त्रित र विकराल बन्दैछ।यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनावारे सुन्न बुझ्न चाहन्छन्। दुःखको बेला जनता भरोसा खोजिरहेछन्।’

kamal-thapa-2