काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ। महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसेको हो।
सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन विपक्षी दललाई सहयोग गरेकोले एमालेको नेपाल-खनाल समूहका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ। बैठकले माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य थप सांसदमाथि समेत कारबाही गर्ने तयारी गरेको बताइएको छ।
शुक्रवार बसेको महाधिवेशन आयोजक कमिटीले कारबाहीको स्थायी कमिटीलाई दिएको थियो। एमालेले माधवकुमार नेपाल भीम रावलसहितका सांसदहरूलाई कारबाही गर्ने तयारी थालेको बुझिएको छ।
एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकले उक्त निर्णय लिने ओली पक्षका नेता कर्ण थापाले जानकारी दिए। थापाका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकअघि स्थायी समिति बैठकमा माधव पक्षका सांसदहरूलाई कारबाही गर्ने विषयमा छलफल भएको छ।
शुक्रवार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरूको कार्य विभाजन गरेको थियो। बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो।
यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो। तर अविश्वास प्रस्तावका पक्षमा उभिने नेपाल पक्षले प्रतिबद्धता जनाकोले आयोजक कमिटीकै बैठकबाटै निर्णय लिन लागिएको थापाको भनाइ छ ।



लोकपाटी न्यूज

