काठमाडौं। नेकपा एमाले (ओली पक्ष)को स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। यसअघि महाधिवेशन आयोजक कमिटी बैठक बिहान १० बजे बोलाइएको थियो।
तर महाधिवेशन कमिटीको बैठकअघि आकस्मिक रूपमा स्थायी कमिटी बैठक बसिरहेको हो। स्थायी कमिटी बैठक सकिएपछि मात्रै महाधिवेशन आयोजक कमिटीको बैठक सुरु हुने एक नेताले जानकारी दिए।
महाधिवेशन आयोजक कमिटीमा लैजाने केही महत्त्वपूर्ण एजेन्डालाई स्थायी कमिटीमा पारित गरेर लैजान खोजिएकाले बैठक बसेको हो,’ ओली निकट नेता कर्ण थापाले जानकारी दिए।
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको ६ गतेको बैठकले गरेको निर्णयअनुसार गत ७ गते एमालेका २७ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो। आज आकस्मिक रूपमा बसेका दुवै बैठकले माधवकुमार नेपाल समूहमा रहेका सांसदहरूलाई कारबाही गर्ने निर्णय लिन सक्ने अनुमान गरिएको छ।



लोकपाटी न्यूज

