थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा संघर्षका सबै कार्यक्रम स्थगित

tharuhat
लोकपाटी न्यूज

काठमाडौं। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको संघर्षको सबै कार्यक्रम स्थगित गरेको छ। मोर्चाको केन्द्रीय सचिवालयको गत चैत्र २५ गते बसेको बैठकले तेस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत नवलपरासी, कपिलबस्तु, दाङ/देउखुरी, बर्दिया र कञ्चनपुरमा आयोजना गरिने वृहत् जनदबाब तथा जनजागरण सभा गर्ने निर्णय गरेको थियो।

तर दिनप्रतिदिन भयावह रुपमा फैलिरहेको कोरोना रोगको संक्रमणको अवस्थालाई दृष्टिगत गरी संघर्षका कार्यक्रम स्थगित गरिएको मिनराज चौधरीले जानकारी दिएका छन्।

मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘कोभिडको संक्रमण बाट बच्न र बचाउन नेपाल सरकार गृह प्रशासनले विभिन्न जिल्लामा गरेको बन्दाबन्दी (लकडाउन), जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट सभा सम्मेलन निषेध गर्ने निर्णय समेतलाई मध्येनजर गर्दै, यस किसिमको गम्भिर परिस्थिति र अवस्थामा सबै नागरिकको जीउधनको सुरक्षा एवं सु–स्वास्थ्यप्रति जिम्मेवार बन्दै अर्को सूचना नहुन्जेलसम्मका लागि उक्त समयमा निर्धारित बृहद जनजागरण तथा जनदबाब सभा पछि अनुकूल समयमा गर्नेगरी हाललाई स्थगित भएको व्यहोरा यसै विज्ञप्तिमार्फत् सबैमा जानकारी गराउन चाहन्छौ।’

Press_Release_o