प्रधानमन्त्री ओली जंगबहादुर भन्दा शक्तिशाली बन्न खाेजेकाे नेता पाैडेलकाे आराेप

pradip-poudel_
लोकपाटी न्यूज

बुलवल। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताएका छन्। रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले ओली श्री ३ जंगबहादुर भन्दा पनि बलियो बन्न खोजेको आरोप लगाए।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने भन्दै नेता पौडेलले ओली पूर्ण रुपमा असफल भएको बताए। प्रधानमन्त्री ओलीले देश निर्माण, नेपाली जनताको समस्याहरु समाधान गर्नुको साटो आफु र आफ्ना आसेपासेहरुलाई मात्र खुसी पारेको तर्क गरे।

पौडेलले ओलीमा अहंकार,दम्भ बढेको भन्दै ओलीको विकल्प नखोजे मुलुकमा अस्थिरता बढ्ने,मुलुकको संरचनाहरु सबै कब्जा हुने समेत जानकारी दिए। कार्यक्रममा बोल्दै नेकपा माओवादीका नेता वामदेव क्षेत्रीले ओली दुई जिब्रे भएको तर्क गरे। क्षेत्रीले लुम्बिनी प्रदेशमा भएको घटनामा पैसाको चलखेल भएको दाबी गरे।