फेरी लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव

लोकपाटी न्यूज

काठमाडाैँ। कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौँ उपत्यकामा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ। कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई लकडाउन गर्न सुझाव दिएको हो।

मन्त्रालयको सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुने बताइएको छ। हाल विश्वभर फैलिएको कोरोनाको नयाँ लहरका कारण नेपालमा पनि दिनहुँ हजारौको संख्यामा संक्रमित भेटिन थालेका छन्। यस्तै, शून्यमा झरेको मृत्यु संख्यामा पनि वृद्धि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्