सोलुखुम्बु। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा सोताङबाट ११० जना प्रवेश गरेका छन्।
सोताङमा गरिएको भेलामा एमाले र काँग्रेस पार्टी परित्याग गरि माओवादी प्रवेश गरेका हुन्। नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरवीर र माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष गोम्बु शेर्पा कज्र्याङले स्वागत गरेका थिए । यसैबीच,सोताङ गाउँपालिका माओवादी केन्द्रको योङ कम्युनिष्ट लिग गाउँ समिति गठन गरिएको छ।
जिल्ला संयोजक देउता बस्नेतको उपस्थितीमा उपेन्द्र नाछिरिङ राईको अध्यक्षतामा ३५ सदस्य समिति गठन गरिएको जिल्ला सदस्य मोहन बस्नेतले जानकारी दिए।



लोकपाटी न्यूज

