काठमाडौँ । नेकपा एमालेले आफ्ना नेताहरुलाई कार्यविभाजन गरेको छ। शुक्रबार (आज ) प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरूको जिम्मेवारी हेरफेरसहितको कार्यविभाजन गर्दै नयाँ जिम्मेवारी तोकेको हो।
बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ। नयाँ कार्यविभाजनमा माधव नेपाल पक्षलाई पनि सहभागी गराइएको छ।
नेपाल पक्षलाई कुनै जिम्मेवारी भने दिइएको छैन। बैठकले युवा संघको इन्चार्जमा महेश बस्नेत, अनेरास्ववियूको इन्चार्जको जिम्मेवारी खिमलाल भट्टराई, प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा, नेपाल ट्रेड युनियन महासंघ इन्चार्जको जिम्मेवारी विष्णु रिमाललाई दिएको छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/04/Karyabibhajan.pdf”]



लोकपाटी न्यूज

