काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने दावी गरेका छन्। ओलीले फागुनभित्र चुनाव हुने भएकोले त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्। शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकोले सबै कमिटीहरु परिचालित गर्न निर्देशन दिए। ओलीले पार्टी एकता बचाउन र पार्टीलाई सुदृढ गर्न आफू दिनरात खटेपनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए।
‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन्। पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीले भने।



लोकपाटी न्यूज

