टाेपबहादुरलाई ओली समूहमा वरियतामा अपमान

Top-Bahadur-Rayamajhi
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) को केपी शर्मा ओली समूहमा टोप बहादुर रायमाझीको वरियतामा अपमान भएको छ। शुक्रबार बसेको एमालेको महाधिवेशन आयोजक कमिटीले गठन गरेको स्थायी कमिटीअनुसार रायमाझीको वरियतामा अपमान भएको हो। रामबहादुर थापा बादलको बरियता पार्टी महासचिव ईश्वर पोखरेलपछि कायम भएको छ।

एमालेको महाधिवेशन आयोजक कमिटीले गठन गरेको स्थायी कमिटीअनुसार बादलको बरियता पोखरेलपछि देखिएको हो। बरियतामा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि वामदेव गौतमलाई राखिएको छ। बादललाई ओली, गौतम र पोखरेलपछि चौथो बरियतामा राखिएको छ। बादलसँगै विष्णु पौडेल र सुवास नेम्वाङको बरियता कायम गरिएको छ।

यसअघि बादलले माओवादी केन्द्र छाड्दै गर्दा ओली पछिको बरियता आफुँलाई दिनुपर्ने माग राखेको कुरा बाहिर आएको थियो। शुक्रबार ओलीले माधव कुमार नेपाल समूहलाई ‘आउट’ गर्दै स्थायी कमिटी घोषणा गरेका थिए। उनले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको समय आफुँ पक्षमा देखिएका नेताहरुलाई समेटेर स्थायी कमिटीको निर्माण गरेका हुन् ।