काठमाडाैँ। माधव नेपाल समूह छाेडी फेरी ओली समूहमा फर्किएका एमाले नेता विष्णु रिजालले माधव नेपाललाई ओली समूहमै फर्कन आग्रह गरेका छन्। उनले साँकेतिक रुपमा नेपाललाई ओली समूहमा नै फर्कन आग्रह गरेका हुन।
उनले रुस र चीनकाे उदाहरण दिदै संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त नभएकाे उल्लेख गरेका छन्। त्यि देशका पार्टीहरुले पनि अन्तर्विराेधबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका उल्लेख गरेका छन्। उनि भन्छन्, ”सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडि: दुई कदम पछाडि’ (one step forward: two step back) को प्रस्थापना आजको नेकपा (एमाले) आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ।”
उनले पार्टिभित्रकाे अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान गर्नुपर्ने बताउदै ‘निषेधको निषेध’ काे नियम लागू हुन नसक्ने उल्लेख गरेका छन्। उनी लेख्छन्, ”समाज, विज्ञान वा भौतिक वस्तुहरुमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भए पनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’ (negation of negation) को नियम लागू हुँदैन र यसको समाधान आलोचना-आत्मालोचनाको पद्धतिबाट हुन्छ भन्ने बाटो मार्क्सवाद-लेनिनवादले स्पष्ट पारेको छ।”
भिरमा पुगिसकेपनि लडिनसकेकाे बताउदै नेपाल समूहलाई ईङ्गित गर्दै उनि भन्छन, ”अत: भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं। समय छ- फर्कौं !”
नेकपा एमालेको माधव नेपाल समूहमा रहेका युवा नेता विष्णु रिजाल अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको बैठकमा सहभागी भएका छन्। नेता रिजाल माधव नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार रहेका थिए। बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका उनले ओली समूहमा खुल्दै नेपाल समूह छाडेको सन्देश दिएका हुन्। बैशाख ६ गते बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका उनले ओली समूहमा खुल्दै नेपाल समूह छाडेको सन्देश दिएका थिए।
नेता रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीले डाकेको केन्द्रिय समिति बैठकमा सहभागी हुन सोमबार बालुवाटार पुगेका थिए। नेकपामा हुंदा रिजाल नेता नेपालकै जोडबलमा विदेश विभागको उप-प्रमुख बनाइएका थिए। अर्थमन्त्री विष्णु पौडेलसंग निकट सम्बन्ध रहेका नेता रिजाललाई नेपालको किचेन क्याबिनेटको सदस्यका रुपमा लिईन्थ्यो। उनि नेकपा हुंदा कार्यकारी अध्यक्ष प्रचण्डसंग पनि निकट थिए। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले त्यसको चर्को विरोध गर्दै आएका थिए।




लोकपाटी न्यूज

