जनता समाजवादी पार्टी स्थापनाकाे एक बर्ष पुरा

लोकपाटी न्यूज

जनता समाजवादी स्थापना भएकाे एक बर्ष पुगेकाे छ। पार्टी स्थापनाकाे एक बर्ष पुगेकाे उपलक्ष्यमा जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले  सुभकामना सन्देश दिएका छन्। उनले फेसबुकमार्फत सबैलाई बधाइ तथा सुभकामना दिएका हुन्।

उनले फेसबुकमा भनेका छन्:- जनता समाजवादी पार्टी स्थापना भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबैमा हार्दिक वधाइ तथा शुभकामना !

हिमाल/पहाड/तराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित जसपालाई सबैखाले अवसरवाद र देशी-विदेशी षड्यन्त्रबाट बचाउॅदै देशको नेतृत्वदायी स्थानमा पुर्याऊॅ!

हाम्रा मूल आदर्श समावेसी लोकतन्त्र,संघीयता,सुशासन,समतामूलक समृद्धि र समुन्नत समाजवादलाई कहिल्यै नबिर्सौं!

पार्टीकाे स्थापना आजैकाे दिन २३ अप्रिल २०२० मा भएकाे थियाे।

मधेस आधारित दुई प्रमुख दलको एकिकरण भएर यो पार्टी बनेको थियो। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीचकाे एकताबाट याे पार्टीकाे जन्म भएकाे हाे।