एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएकाे छ। बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको हाे। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्ष भने उपस्थित छैन। सँसदिय दलले नेपाल खनाल पक्षका २७ संसदलाई स्पष्टीकरण सोधेको अवस्थामा बस्न लागेकाे बैठकलाई महत्वका साथ हेरिएकाे छ।  नेपाल खनाल समूहले आफूहरुलाई लागेको आरोपको खण्डन र प्रतिवादसहित सांसदहरूले स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सांसदहरूलाई कारवाही हुनसक्ने सम्भावना छ।

कर्णाली प्रदेशमा फ्लोर क्रशपछि प्रधानमन्त्री ओली खनाल-नेपाल पक्षलाई अनुशासनको कारवाही गर्ने मनस्थितिमा छन्। गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । शाहीलाई विश्वासको मत दिने चारैजना भोलिपल्टै प्रदेश सरकारका मन्त्री बनेका छन्। प्रधानमन्त्री केपी ओलीले सार्वजनिक मञ्चहरूबाट नै अनुशासन उल्लंघन गर्नेहरूलाई कारवाही गर्ने बताउँदै आएका छन्। यसबीचमा बुधवार र बिहीवार अध्यक्ष ओली र नेता माधव नेपालबीच भेटवार्ता भएको थियो। भेट सौहार्दपूर्ण हुन नसकेको नेता नेपालले बताइसकेका छन्।