बालिका प्रकरणमा राई पत्नी जाङ्मु इन शेर्पा भन्छिन् : मेराे श्रीमानकाे राजनैतिक जीवन समाप्त गर्ने षडयन्त्र भयाे

लोकपाटी न्यूज

काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको सुनियोजित चरित्र हत्या गर्न खोजिएको बताएकी छिन्। बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमानको बारम्बार सुनियोजित रुपमा चरित्र हत्या गर्न खोजिए अब चुप लागेर नबस्ने बताएकी हुन्।

नेकपा स्थापना दिवसको अवसर पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राईमाथि बालिका खड्काले आक्रमणको प्रयास गरेकी थिइन्। मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इज्जत लुटेको भन्दै बालिकाले आक्रमणको प्रयास गरिन्। तथानाम बोल्दै गाली गलोज गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

सोही घटनालाई लिएर जाङ्मुले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामै स्टाटस लेख्दै आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन समेत सबैमा आग्रह गरेकी छिन्।

उनले आफ्नो श्रीमान दोषी भए आँफै पनि कारबाहीमा उत्रिने बताउँदै लेखेकी छिन, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु।’ उनले आफ्ना पतिको राजनीतिकक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसँग के प्रतिबाद गर्ने भनेर श्रीमान चुप लागेर बसेको बताउँदै आफू अब चुप लागेर नबस्ने बताएकी छिन्।

उनले आफ्ना पतिकाे ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियाेजीत षडयन्त्र गरिएकाे आराेप पनि लगाएकी छन्। उनले लेखेकी छिन्, ‘अब चुप लागेर बस्नु हुँदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ।’

यस्ताे छ उनकाे फेसबुक स्टाटस:-

समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत लामाे समय देखि वहाँकाे चरित्र हत्या मात्र हाेइन, वहाँकाे ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियाेजीत षडयन्त्र हुदै आएकाे र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएकाे कुरामा म राम्राे जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र हाेइन, अन्यायकाे बिरुद्व बाेल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ ! तर बिना प्रमाण, बिना गल्ति र दाेष बिना एउटा महिलाकाे नाममा याे हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन याे ज्यादै नै दुखद छ ! मेराे श्रीमानले पिडीत बनाएकाे एउटा सानाे मात्रै प्रमाण भए म नै मेराे श्रीमानलाई कार्बाहीकाे कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियाे मेराे श्रीमानकाे गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएकाे पाे छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय हाेइन हजार लाख प्रतिशत वहाँ निर्दाेष हुनुहुदाे रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुकाे खाेजी गर्दा पत्ता लगाएकाे छु ! मेराे श्रीमान ले सायद एकपटक सार्बजानिक कार्यक्रममा बाेल्नु भएकाे छ ! स्वयम त्यही महिलाले वहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुकाे उक्साहटमा वहाँलाई आराेप लगाएकाे भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमकाे हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्ताे हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियाेजीत, प्रायाेजीत ढंगबाट अरु कुनै केही गल्ति कमजाेरी नपाएर, आफ्नाे राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लाे दर्जाका फाेहाेरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेराे श्रीमान बस्नु भएकाे भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुकाे अवलम्बन गर्नुपर्छ ! अन्तमा यसप्रकार मेराे श्रीमानकाे चरित्र हत्या गर्न सुनियाेजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियाेजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एबं दुखित नहुन म मेराे परिवार आफन्त, नातागाेता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु !यस्ता सुनियाेजीत र षडयन्त्रमुलक हर्कत सहितका प्रचार प्रयासहरुले म र मेराे श्रीमान र परिवारका बीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु ! यि केही तथ्यहरु पनि हेरि दिनुहाेला ! धन्यबाद !
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्